Like us!
Follow us!

बजार बढ्दा पनि यी १० कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो

बजार बढ्दा पनि यी १० कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार)  सेयर बजारमा वृद्धि देखिएको छ । लगातारको गिरावट पछि आज भने नेप्से परिसूचक बढेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा पुगेको छ । 

आज दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । आज हाइड्रोपावरको सेयरमूल्य आज ८.८२ प्रतिशतले घटेर २ सय ४८ रुपैयाँमा झरेको छ ।  

त्यस्तै सर्वाधिक सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : कालिका लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स, स्वाभिमान लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, किसान लघुवित्त, लुम्बिनी जनरल इन्स्योरेन्स, गणपती लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक र खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।