Like us!
Follow us!

नेप्से परिसूचकमा हरियाली, लगानीकर्ता उत्साहित

नेप्से परिसूचकमा हरियाली, लगानीकर्ता उत्साहित

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार)  सेयर बजारमा वृद्धि देखिएको छ । लगातारको गिरावट पछि आज भने नेप्से परिसूचक बढेको हो । सेयर बजारमा वृद्धि हुँदा लगानीकर्ताहरु उत्साहित देखिएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा पुगेको छ । नेप्से परिसूचक ०.५७ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.६१ अंकले बढेर ४४७.७६ विन्दुमा पुगेको छ ।

कूल २२९ वटा कम्पनीको ३२ लाख १३ हजार १ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९ सय ३२ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूह बढेका छन् । मंगलबार सबैभन्दा धेरै अन्य समूह बढेको छ । 

आज पनि नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस बैंकको ६ करोड ३० लाख ६७ हजार ३ सय ८५ रूपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबार दिन पनि नबिल बैंक कै सर्वाधिक कारोबार भएको थियो । 

मंगलबार दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिन भेन्चर्स लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । नेष्टो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज १० प्रतिशतले बढेर ३ हजार ११ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै ग्रिन भेन्चर्स लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ९८ रुपैयाँ १० पैसा पुगेको छ ।

आज दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । आज हाइड्रोपावरको सेयरमूल्य आज ८.८२ प्रतिशतले घटेर २ सय ४८ रुपैयाँमा झरेको छ ।  

625e81071aa56.JPG 625e810958d3f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।