Like us!
Follow us!

नागरिक लगानी कोषको संस्थापक शेयर भर्ने आज अन्तिम मौका !

नागरिक लगानी कोषको संस्थापक शेयर भर्ने आज अन्तिम मौका !

लगानी खबर, काठमाडौँ - प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे संस्थापक समूहकाे शेयरमा शिलबन्दी बाेलपत्र पेश गर्ने  आज (असाेज ४ गते, आइतबार) अन्तिम दिन रहेकाे छ । कोषले संस्थापक समूहकाे ५० हजार कित्ता शेयरहरू भाद्र २८ गते, आइतबारबाट बाेलकबाेल प्रकृयामार्फत बिक्री खुल्ला गरेकाे थियाे ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता २ हजार ३ सय रुपैयाँमा नघट्ने गरि आजसम्म  शिलबन्दी बाेलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताहरूले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

5f5adcb197364.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।