Like us!
Follow us!

कस्तो छ महालक्ष्मी विकास बैंकको वित्तीय विवरण ?

कस्तो छ महालक्ष्मी विकास बैंकको वित्तीय विवरण ?

लगानी खबर, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ ।

प्रकाशित विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको हालको चुक्ता पूँजी चार अर्ब एक करोड आठ लाख ८३ हजार २६९ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ ७४ पैसा देखिएको छ भने बैंकको प्रतिसेयर नेटवर्थ ५६ रुपैयाँ ४ पैसा  रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात १७.२७ गुणा रहेको छ । 

यस्तो छ बैंकले प्रकाशित गरेको वित्तीय विवरण :

625e0f463e88d.jpg

 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।