Like us!
Follow us!

नबिल बैंकको नाफामा गिरावट, प्रति सेयर आम्दानी कति ?

नबिल बैंकको नाफामा गिरावट, प्रति सेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा भने घटेको छ भने बैंकको खुद ब्याज आम्दानी बढेको छ । 

चैत्र मसान्त सम्म नबिल बैंकले  ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत आर्थिक वर्षको सोही  अवधिसम्ममा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेको छ भने  बैंकको खुद नाफा घट्न पुगेको छ । तेस्तै  बैंकको निष्क्रिय कर्जा  ०.४८ प्रतिशतबाट बढेर १.१४ प्रतिशत पुगेको छ । 

बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १६ पैसा देखिएको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ २९ पैसा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।