Like us!
Follow us!

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट मीट कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट मीट कार्यक्रम सम्पन्न

लगानी खबर, काठमाडौं - सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट मीट कार्यक्रमहरु सम्पन्न भएको छ । मनी ट्रान्सफरले गत बैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुका लागि सञ्चालन गरेको एक/एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा बुटवल र भरतपुरबाट उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । बिगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरि यस वर्षको बुटवल र भरतपुरको एजेन्ट मीट कार्यक्रम सम्पन्न गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।