लगानी खबर, काठमाडौं - युक्रेन संकटका कारण पाँच भागको एक भाग मानिसहरू संकटमा पर्ने एक अध्ययनमा उल्लेख छ । युक्रेन संकटका कारण १ दशमलब ७ अर्ब मानिसहरू गरिबी र भोकमरीमा पर्न सक्ने राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।
‘हामी सबैले युक्रेनमा देखापरेको त्रासदी देखेका छौँ । तर, युद्धले सीमानाबाहिर विकासोन्मुख देशहरूमा मौन आक्रमण सुरु गरेको छ । यो संकटले १ दशमबल ७ अर्ब मानिसलाई गरिबी र भोकमरीमा धकेल्नेछ’, एक अन्तवार्तामा गुटेरेसले भने ।
युक्रेन र रुसले गहुँ र जौको विश्व उत्पादनको ३० प्रतिशत हिस्सा ओगट्छन् । विश्वमा उत्पादन हुने मकैको कुल परिमाणमध्ये पाँच भागको एक भाग यी देशमा उत्पादन हुन्छ । त्यस्तै, विश्वमा उत्पादन हुने सूर्यमुखी तेलमध्ये आधाभन्दा बढी तेल यी दुई देशले उत्पादन गर्छन् । ४५ अति कम विकसित देशहरूमा आयात हुने गहुँको एक तिहाइभन्दा बढी परिमाण रुस र युक्रेनमा उत्पादन हुन्छ । एजेन्सी
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।