Like us!
Follow us!

फर्स्ट माईक्रोफाइनान्सको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी कति ?

फर्स्ट माईक्रोफाइनान्सको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं -  फर्स्ट माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले प्रकाशन गरेको विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । कम्पनीले यस त्रैमास सम्ममा रु.१६.६१ करोड खुद नाफा आर्जन गरेको देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २२ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.४१ गुणा रहेको छ। त्यस्तै, लघुवित्तको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ८४ पैसा रहेको छ ।

लघुवित्तको कुल सेयरधनीकोष वृद्धि भएर रु.१.२९ अर्ब कायम भएको छ जसले गर्दा प्रति सेयर किताबी मूल्य रु.१२६.६४ बाट बढेर रु.१३३.८४ कायम हुन आएको छ ।

तेश्रो त्रैमासमा विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु.९.५४ अर्ब कर्जा सापट लिई रु.१०.४१ अर्ब कर्जा प्रवाह गरेको छ । 

यस्तो छ कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण :

625cd5e0e2a72.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।