लगानी खबर, काठमाडाैँ - ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीको खुद नाफा गत वर्षको यहिँ अवधिको तुलनामा ३.१९% ले घटेर २० करोड ४८ लाख २८ हजार रुपैयाँमा आएको छ । गत वर्ष २१ करोड १५ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।लघुवित्तकोको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको देखिन्छ ।
यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी भने वार्षिक ४९ रुपैयाँ ४२ पैसा र प्रति सेयर नेटवर्थ १७६ रुपैयाँ १३ पैसा रहेको छ ।
यस्तो छ कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।