Like us!
Follow us!

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव, यी स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव, यी स्थानमा वर्षाको सम्भावना

लगानी खबर, काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

मंगलबार पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।