Like us!
Follow us!

प्रशासनको निर्देशन अटेर, बुझाएनन् हतियार

प्रशासनको निर्देशन अटेर, बुझाएनन् हतियार

लगानी खबर, काठमाडौं - जिल्ला प्रशासन कार्यालय सिरहाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनकाे सुरक्षालाई मध्यनजर गर्दै चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरे पनि अझै हतियार बुझाएको  छैन ।

जिल्ला भरिमा ३१४ थान इजाजत प्राप्त हतियार रहे पनि आइतबार (४ वैशाख)सम्म २२ थान हतियारमात्र बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले तोकेको समयमा सबै हतियार नआएको जानकारी दिए । इजाजत प्राप्त हातहतियार नबुझाएकालाई गृहमन्त्रालयबाट आएको निर्देशन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने  प्रमुख जिल्ला अधिकारी कवाडीले जनाए । 

उनले भने, ‘प्रशासन कार्यालयले चैत मसान्तभित्र बुझाउन पत्र लेखेको थियो । यो अवधिमा ३१४ हातहतियारमध्ये  २२ थान हतियारमात्र बुझाएको छ, बाँकी ल्याउने विषयमा माथिको निर्देशन बमोजिम गर्नेछौं ।’

सूचना जारी गर्दै इजाजत लिई हातहतियार राख्ने व्यक्तिलाई चैत मसान्तभित्र आफूसँग रहेको हतियार प्रशासन कार्यालयमा बुझाउन आग्रह गरिएकाे थियाे । जिल्ला प्रशासन कार्यायलले गत ७ चैतमा जारी गरेकाे सूचनामा तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।