Like us!
Follow us!

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहोस् कुनको कति ?

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहोस् कुनको कति ?

लगानी खबर, काठमाडौं - आज (बैशाख ४ गते आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स लिमिटेडको बोसन सेयर सूचिकृत भएको हो । 

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ प्रतिशत बोनस बापतको २ लाख ५ हजार ९ सय ५५ कित्ता सेयर सूचिकृत भएको हो । 

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २७ प्रतिशत बोनस बापतको ४९ लाख ४१ हजार कित्ता सेयर सूचिकृत भएको हो । 

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स लिमिटेडको ७.७० प्रतिशत बोनस बापतको ६ लाख ८५ हजार ४ सय १ कित्ता सेयर सूचिकृत भएको हो । 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।