Like us!
Follow us!

नेप्सेमा ग्रिन भेन्चर्सको आईपीओ सूचिकृत

नेप्सेमा ग्रिन भेन्चर्सको आईपीओ सूचिकृत

लगानी खबर, काठमाडौं - आज (बैंशाख ४ गते आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रिन भेन्चर्स लिमिटेडको लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९१ रूपैयाँ ८६ पैसादेखि अधिकतम २ सय ७५ रुपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेको छ ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि (GVL) सिम्बोल पाएको छ ।

स्टकका अनुसार कम्पनीको ३ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । अब सोमबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।