Like us!
Follow us!

एफपीओ निष्कासन गर्ने अनुमति माग्दै बोर्डमा पुगे दुई लघुवित्त

एफपीओ निष्कासन गर्ने अनुमति माग्दै बोर्डमा पुगे दुई लघुवित्त

लगानी खबर, काठमाडौं - थप २ वटा लघुवित्तहरुले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएका छन् । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्न सेबाेनमा निवेदन दिएका हुन् ।  

१. उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाले २ करोड ८३ लाख ७३ हजार ७ सय ३७ रूपैयाँ ६७ पैसा बराबरको १ लाख ७८ हजार ४ सय ५१ कित्ता एफपीओ जारी गर्ने अनुमति माग्दै चैत्र २५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकाे छ । संस्थाले १५९ रुपैयाँको दरले एफपीओ जारी गर्ने अनुमति मागेको हो । संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

२. समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा चैत्र २९ गते निवेदन पेश गरेको हो । संस्थाले एक सय रुपैयाँ अंकित दरमा ७७ रूपैयाँ ८ पैसा प्रिमियम थपेर प्रतिकित्ता एक सय ५९ रूपैयाँ ७ पैसामा ४ करोड ६० लाख ४१ हजार २ सय २० रूपैयाँ ८० पैसा बराबरको २ लाख ८९ हजार ४ सय ४० कित्ता एफपीओ निष्कासन गर्नका लागि अनुमति माग गरेको हो । संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।