लगानी खबर, काठमाडौं - यस वर्षको पहिलो कारोबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन नेष्टो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले बढेर २ हजार ४ सय ८८ रुपैयाँ ९० पैसा पुगेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १.८० अंकले बढेर २४१७.०५ विन्दुमा पुगेको छ । त्यस्तै, २१८ कम्पनीको ९ लाख ६६ हजार १ सय २२ कित्ता सेयर खरिद बिक्रीह हुँदा ४० करोड ४७ लाख १० हजार ३ सय ३ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।