Like us!
Follow us!

यस कारण आईफोन निर्माताले चीनमा आफ्ना उत्पादन बन्द गर्‍यो

यस कारण आईफोन निर्माताले चीनमा आफ्ना उत्पादन बन्द गर्‍यो

लगानी खबर, काठमाडौं - एप्पलको आईफोनको एक प्रमुख उत्पादकले सांघाईमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो ।

पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । अधिकारीहरूले मंगलबार सांघाईमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो बनाइरहेका बेला कम्पनीले उत्पादन अस्थायी रूपमा बन्द गर्ने बताएको हो ।

प्रतिबन्ध खुकुलो भएसँगै सहरका २ करोड ५० लाख मानिसहरू केही साताको ‘बन्दी’ पछि घरबाहिर निस्कन पाउने भएका छन् । मुख्य उत्पादन र वित्तीय हबमा संक्रमण बढेपछि मार्चको अन्तमा सहरमा लकडाउन घोषणा गरिएको थियो ।

स्थानीय सरकारको कोभिड–१९ रोकथाम प्रावधानपछि पेगाट्रनले सांघाई र नजिकैको कुन्सानका कारखानाहरूको सञ्चालन रोकेको हो । कम्पनीले सक्दो चाँडो पुनः सञ्चालन गर्ने बताएको छ ।

जापानी अखबार निक्केईका अनुसार प्रमुख एप्पल म्याकबुक निर्माता क्वान्टा र आईप्याड निर्माता कम्पल इलेक्ट्रोनिक्सले पनि चिनियाँ सहरहरूमा आफ्ना काम रोकेका छन् । एजेन्सी

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।