लगानी खबर, काठमाडौं - यस वर्षको अन्तिम कारोबार दिन आज (बुधबार) सेयर बजारमा हरियाली छाएको छ । अघिल्लो कारोबार दिन ३४ अंकले घटेको बजारमा आज भने हरियाली भएको हो । नेप्से परिसूचकमा वृद्धि हुँदा लगानीकर्ताहरु उत्साहित भएका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३०.२४ अंकले बटेर २४१५.२४ विन्दुमा पुगेको छ । नेप्से परिसूचक १.२७ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.९७ अंकले बढेर ४६५.०९ विन्दुमा पुगेको छ ।
कूल २२९ वटा कम्पनीको ३३ लाख ९८ हजार ६ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १ सय ४ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूह बढेका छन् । बुधबार सबैभन्दा धेरै अन्य समूह बढेको छ ।
आज शिवम् सिमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ८ करोड ४३ लाख ३४ हजार ९ सय ३६ रूपैयाँको कारोबार भएको हो ।
बुधबार पनि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार २ सय ६२ रुपैयाँ पुगेको छ ।
आज युनाइटेड इदिमर्दि आरबि हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा सर्वाधिक घटेको छ । आज हाइड्रोपावरको सेयरमूल्य २.०८ प्रतिशतले घटेर ९ सय ४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।