Like us!
Follow us!

सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

लगानी खबर, काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् । सञ्चालक समितिको आज बसेको बैठकले बैशाख २ गतेदेखि लागु हुने गरी न्यौपानेलाई सीईओ प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षकालागि नियुक्त गर्ने निर्णय गरेको हो । 

हाल नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहँदै केही समय अघि सीईओ तुल्सी गौतमले राजीनामा दिएपछि साउन १ गतेबाट कार्यबाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । न्यौपाने सोही बैंकमा लामो समयदेखि कार्यरत छन् । 

काठमाण्डौं विश्व विद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेको न्यपौपानेको बैंकिंङ्ग क्षेत्रमा १९वर्ष भन्दा बढीको अनुभव छ । बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा न्यौपाने बैकिङ्ग क्षेत्रमा परिचित छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।