Like us!
Follow us!

जिडब्लुएमद्वारा ‘ग्रेट ड्राइभ ग्रेट डिल’ अफर सार्वजनिक, ४ लाख बराबरको लाभ पाइने

जिडब्लुएमद्वारा ‘ग्रेट ड्राइभ ग्रेट डिल’ अफर सार्वजनिक, ४ लाख बराबरको लाभ पाइने

लगानी खबर, कठमाडौं - ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ‘ग्रेट ड्राइभ ग्रेट डिल’ योजना अन्तर्गत ग्राहकहरुको लागि ४ लाख सम्मको क्यास डिस्काउन्ट प्रदान गर्ने भएको छ । उक्त योजना अन्तर्गत निःशुल्क एक्सेसोरिज/एक्स्चेन्ज बोनस/निःशुल्क इन्स्योरेन्स/रोड ट्याक्स/स्पट भ्यालुएसन र कुनै पनि जिडब्लुएम गाडीहरुको टेस्ट ड्राइभ गर्दा फ्रिबिज सेवाहरु  प्रदान गर्ने भएको हो  ।

यो योजना हाभाल एच६, हाभाल जोलायन, र पोअर गाडीहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । थप रुपमा, ग्राहकहरुले बैशाख ३१, २०७९ सम्म देशभर उपलब्ध बिक्री च्यानलहरु र जिडब्लुएम–नेपालको नेटवर्कहरु मार्फत प्रदान गरिएका सुविधाको फाइदा उठाउन सक्नेछन् । 

ग्रेट वाल मोटरको बारेमा :
ग्रेट वाल मोटर नेपालले हाभल एच६, हाभल जोलायन, र पावर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ । 

विश्वव्यापी बजार अनुसार ग्रेट वाल मोटर ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या ७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । चीन बाहेक जिडब्लुएमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ । 

भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेट वाल मोटर नेपालले यी लोकप्रिय गाडीहरु नेपाल ल्याउन सफल भएको छ । ग्रेट वाल मोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।