लगानी खबर, काठमाडौं - एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको रु. २०,००० को खरिद गरी एनएमबिको कुनै पनि कार्डबाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा रु. २,००० को क्यासब्याक पाइने जानकारी पाइने छ ।
योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने छ ।
एनएमबिका ग्राहकले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा अफर
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वननिक गरेको छ । एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन दराजबाट समान खरीद गर्दा १०% वा रुं. १,००० सम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५% वा रु. १,५०० सम्म छुट पाउन सकिने छ ।
यो योजना चैत्र २८ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने छ ।
e-NMB फोन पे स्क्यान टु पे गज्जबको अफर
एनएमबि बैंकको ग्राहक महानुभावहरुले e-NMB एप बाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको भुक्तानी गर्दा १०% वा रु.१०० सम्मको क्यास ब्याक पाउनुको साथै हेलीकप्टर चढी सगरमाथा सम्म भ्रमण गर्ने मौका पाउन सक्ने छन् ।
उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो भल्ःद्य एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नु पर्नेछ । यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।
एनएमबिका ग्राहकले अनलाइन बजार सस्तो डिलबाट सामान खरिद गर्दा पहिले भन्दा धेरै सस्तो
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वननिक गरेको छ । एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २०% वा रुं. २,००० सम्म छुट पाउन सक्ने छन् ।
यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।