लगानी खबर, काठमाडौं - आज (चेत्र २९ गते मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । मंगलबार सूर्योयद लघुवित्त वित्तीयसंस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीयसंस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
सूर्योयद लघुवित्त वित्तीयसंस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ४ लाख ९६ हजार ८५ दशमलब ८५ कित्ता सेयर सूचिकृत भएको हो ।
इन्फीनिटी लघुवित्त वित्तीयसंस्था लिमिटेडको २७.७० प्रतिशत बोनस बापतको ८ लाख ९९ हजार ९८ दशमलब १२७३ कित्ता सेयर सूचिकृत भएको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।