Like us!
Follow us!

मंगलबार ८ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

मंगलबार ८ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

लगानी खबर, काठमाडौं - सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा  कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय निर्धारण भएको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँ  निर्धारण भएको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।