Like us!
Follow us!

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

लगानी खबर, काठमाडौं - बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गते, बुधबारबाट, चैत्र २१ गते, सोमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड आज मंगलबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल  आईएमई  क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको छ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख  ६६ हजार ३ सय ४२ जना जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । ३ कित्ता अल्टर रहेको हुनाले २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक एक कित्ता पाएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कसरी हेर्ने रिजल्ट ?

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ५ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे  (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलकाे वेभसाइट ,बलेफी हाइड्रोपावर कम्पनीकाे वेभसाइट, मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर र Mr. NEPSE, SHARE HUB एप्लीकेसनबाट पनि एकै पटकमा धेरै खाताकाे नतिजा (बल्क) मा हेर्न सकिन्छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।