Like us!
Follow us!

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरित

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरित

लगानी खबर, काठमाडौं  - महालक्ष्मी विकास बैंक लिमिटेडको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका – ५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ । 

शाखा चैत्र २५ गते शुक्रबार आयाजित एक विशेष कार्यक्रमकाबीच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक राहुल अग्रवाल र पुर्व गृह राज्य मन्त्रि देवेन्द्र राज कंडेल गरेका हुन् । शाखाको उद्घघाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पाल्नु भएका महानुभावहरुलाई यस बैंकका सञ्चालक राहुल अग्रवालले कृतज्ञता ज्ञापन गरे । 

बैँकका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिबिधिहरु बारे प्रकाश पारे । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता गरे । 

यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । 

यस बैंकले कूल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।