Like us!
Follow us!

नेपालमा नार्जो ५० र रियलमी सी ३५ चाँडै सार्वजनिक गर्दै रियलमी

नेपालमा नार्जो ५० र रियलमी सी ३५ चाँडै सार्वजनिक गर्दै रियलमी

लगानी खबर, काठमाडौं - रियलमीले नार्जो सिरीज अन्तर्गत रियलमी नार्जो ५० ल्याउने भएको छ । नयाँ प्रविधिको अतिरिक्त रियलमी नार्जो ५० 'Mighty Performance Booster' स्मार्टफोनमा उत्कृष्ट प्रोसेसर, आकर्षक डिस्प्ले, छिटो चार्ज गने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री हुने भएकाले गेमिङ उत्साहीहरुको मन जित्नेछ । त्यसैगरी रियलमीले सबैभन्दा स्टाइलिस एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ पनि ल्याउँदैछ ।

सधैँ झैँ, रियलमीले विश्वभरका युवाहरुका लागि यी दुई फोनको साथमा एन्ट्री लेभल स्मार्टफोनहरु ल्याउनुका साथै ‘DARE TO LEAP’ ब्रान्ड अवधारणा समावेश गर्नेछ ।

रियलमी नार्जो ५०

रियलमी नार्जो ५० फ्लागशिप स्तर ५० एमपी क्यामेराको साथ सबैभन्दा स्टाइलिस एन्ट्री लेभल फोन हुनुका साथै नार्जो सिरीज अन्तर्गत यो स्मार्टफोन उत्कृष्ट प्रदर्शन र दोहारो प्रकाणीकरणको साथ सबैभन्दा टिकाउ र गुणस्रीय हुनेछ ।

रियलमी नार्जो ५० सबैभन्दा शक्तिशाली प्रोसेसर Helio G96 साथमा आउनेछ – यसले पछिल्लो न्डछ भन्दा ४२ % कार्यसम्पादन वृद्धि देखाउँछ । विश्वव्यापी रुपमा युवा खेलाडीहरुलाई सबैभन्दा सहज डिस्प्ले प्रदान गर्न, नार्जो ५० ले १८०हर्ज टच नमुना दर र १२०हर्ज रिफ्रेस रेटको साथ ६.६ इन्च स्क्रिन अपनाएको छ । रियलमी नार्जो ५० मा मेगा ५००० एमएएच् ब्याट्री रहेको छ जसको साथमा नन–स्टप प्रयोगको मजा लिन सकिनेछ । सुपर पावर बचत मोडले आकस्मिक (ईर्मजेन्सी) ब्याट्री प्राप्त गर्न मद्दत गर्दछ ।   

रियलमी नार्जो ५० दुई आकर्षक रङ्गहरु स्पीड ब्लाक र स्पीड ब्लु साथमा दुई स्टोरेज भेरियन्टहरु 4GB 64GB / 6GB 128GB उपलब्ध हुनेछ ।

रियलमी सी ३५
 
विश्वभरका युवा प्रयोगकर्ताहरुलाई छलांग अनुभव प्रदान गर्न, रियलमी सी ३५ ले पाँचवटा नयाँ सुविधाहरु – ८.१mm अल्ट्रा–स्लिम डाइनामिक ग्लोइङ्ग डिजाइन, फ्लागशिप स्तरीय ५० एमपी क्यामेरा, ६.६ FHD फुलस्क्रिन ५००० एमएएच् ब्याट्री र TÜV Rheinland High Reaability certification प्रदान गर्नेछ । 

Unisoc T616 शक्तिशाली प्रोसेरसँग सुसज्जित रियलमी सी ३५ ले AnTuTu बेन्चमार्कमा २३०,७२६ स्कोर प्राप्त गरेको छ । यसबाहेक, रियलमी सी३५, सी सिरीज अन्तर्गतको पहिलो फोन हो जसमा DRE Dynamic RAM विस्तार गरिएको छ, यसले लास्ट–जेन भन्दा पनि सहज अनुभव प्रदान गर्दछ । रियलमी सी ३५ मा सी सिरीज अन्तर्गतको ५००० एमएएच् ब्याट्री र १८ w फास्ट चार्जको फाइदा लिन सकिन्छ ।

रियलमी सी ३५ दुईवटा आकर्षक रङ्गहरु ग्लोइङ्ग ब्लाक र ग्लोइङ्ग ग्रीनको साथमा दुई स्टोरेज भेरियन्टहरु 4GB+64GB र  4GB+128GB मा उपलब्ध हुनेछ ।
  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।