Like us!
Follow us!

ज्योति विकास बैंकद्धारा दुई नयाँ शाखाको औपचारिक उद्घाटन

ज्योति विकास बैंकद्धारा दुई नयाँ शाखाको औपचारिक उद्घाटन

लगानी खबर, काठमाडौं - ज्योति विकास बैंकले चैत्र २३ गते (बुधबार) इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ​ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो ।

इलाम नगरपालिका ७- इलामबजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको समुद्घाटन बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो । यसका साथै बैंकले चैत्र २३ गतेकै दिनबाट लमजुङ्ग बेसीशहर स्थित नयाँ शाखा पनि संचालनमा ल्याएको छ ।  
 
नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले इलाम र कञ्चनबारी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR Code, निस्शुल्क डलर कार्ड जारी, निस्शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक रमासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५% छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।