लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचकमा गिरावट आउँदा कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन २ अर्ब ६७ करोड बराबरको कारोबार भएको थियो भने यस दिन त्यती रकम बराबरको कारोबार हुन सकेन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २३.३२ अंकले घटेर २४२८.७५ विन्दुमा झरेको छ । नेप्से परिसूचक ०.९५ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.२८ अंकले घटेर ४५५.९४ विन्दुमा झरेको छ ।
कूल २२६ वटा कम्पनीको ४३ लाख ७२ हजार १ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७ सय ६४ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज होटेल एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य उपसमूह बढेको छ भने बाँकी १० ओटा उपसमूह घटेका छन् । बुधबार सबैभन्दा धेरै व्यापार समूह घटेको छ ।
आज पनि हिमालय डिष्टिलरी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९ करोड ४१ लाख ५७ हजार ६ सय १४ रूपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबार दिन पनि हिमालय डिष्टिलरी लिमिटेड कै सर्वाधिक कारोबार भएको थियो ।
बुधबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ५ सय ४५ रुपैयाँ ५० पुगेको छ ।
आज पनि इमर्जीङ नेपालको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर १ हजार १ सय ९० रुपैयाँ ७० पैसमा झरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।