Like us!
Follow us!

आठ लाख नगदसहित १३ जुवाडे पक्राउ

आठ लाख नगदसहित १३ जुवाडे पक्राउ

लगानी खबर, काठमाडौं - भक्तपुरको चागुँनारायण नगरपालिका -६ नगरकोट गैरीगाउँमा बुधबार बिहान जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीनतल्ले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटलमा जुवा (कौडा) खेलिरहेका उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सूचना प्राप्त हुनासाथ परिसर भक्तपुरबाट प्रहरी अधिकृतको कमान्डमा खटिएको टोलीले कौडा खेल्ने १३ जनालाई आठ लाख २२ हजार ६० र १६ थान कौडासहित नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।