Like us!
Follow us!

कालिका लघुवित्तद्धार कर तिर्न अनुरोध, नतिरे बोनस नपाईने

कालिका लघुवित्तद्धार कर तिर्न अनुरोध, नतिरे बोनस नपाईने

लगानी खबर, काठमाडौं - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । 

संस्थाले २०७६ साल पुस २३ गते पश्चात् सेयर खरीद गरेका वा प्राथमिक सेयर निष्काशनमा बाँडफाँडमा परी हालसम्म सो सेयर कायम रहेका सेयरधनीहरुको हकमा सो सेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम सेयरधनी स्वयंले नै तिर्नुपर्ने भएकाले बोनस सेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेको हो ।

सेयरधनीहरूले संस्थाको नाममा रहेको बैंक खातामा कर बापतको रकम जम्मा गरी आफ्नो बोनस सेयर प्राप्त गर्न सक्नेछन् । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं., नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न संस्थाले आग्रह गरेको छ ।

बोनसमा तिर्नुपर्ने करको रकमको जानकारी प्राप्त गर्न आफूले प्राप्त गर्ने बोनस सेयरमा लाग्ने करको विवरण संस्थाको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडको वेबसाईट www.nmbcl.com.np मा गई हेर्न सकिनेछ ।

त्यसैगरी, संस्थाले बुकक्लोजको समयमा सेयर रोक्का रहेका सेयरधनीहरूको बोनस सेयर फुकुवापत्र प्राप्त भएपश्चात् मात्र खातामा पठाइने समेत जनाएको छ । हालसम्म आफ्नो सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरूले आफ्नो सेयर  अभौतिकीकरण गराएपछि मात्र बोनस प्राप्त गर्नेछन् । संस्थाको पुस ३० गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाबाट गत आर्थिक बर्षकाको मुनाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । 

यस्तो छ संस्थाले जारी गरेको सूचना :

624ce956c6821.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।