Like us!
Follow us!

नेप्सको ओरालो यात्रामा निरन्तरता

नेप्सको ओरालो यात्रामा निरन्तरता

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिन आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । प्रिओप सेसनमा ९.२४ अंकले बढेको बजार कारोबारको अन्तिम समयमा घटेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा झरेको छ । नेप्से परिसूचक १.८६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.३४ अंकले घटेर ५५८.२२ विन्दुमा झरेको छ  ।

कूल २२८ वटा कम्पनीको ५८ लाख ४१ हजार ९ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३ सय ८८ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज होटेल र टुरिजम उपसमूह बढेको छ भने बाँकी १२ ओटै उपसमूह घटेका छन् । 

आज हिमालयन डिष्टिलरी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९ करोड ६७ लाख ९९ हजार ७ सय ६८ रूपैयाँको कारोबार भएको हो । 

मंगलबार दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन पनि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ४ सय ५ रुपैयाँ पुगेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज १० प्रतिशतले बढेर १ हजार ७ सय ५६ रुपैयाँ १० पैसा पुगेको छ ।  अघिल्लो कारोबार दिन पनि यी दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । 

यस दिन इमर्जीङ नेपालको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर १ हजार ३ सय २३ रुपैयाँ पुगेको छ । 

624c0cab1e845.JPG 624c0cad3f2bd.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।