Like us!
Follow us!

नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

लगानी खबर, काठमाडौं - नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र २३ गतेदेखि वैशाख १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाको चैत्र १२ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको तेह्रौँ वार्षिक साधारण सभा आगामी वैशाख १० गते संस्थाको प्रधान कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकमा दिउँसो ३०० बजे सुरू हुनेछ । 

सभामा संस्थाको फागुन १० गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।