Like us!
Follow us!

शिखर इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने अन्तिम मौका आज

शिखर इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने अन्तिम मौका आज

लगानी खबर, काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत्र १ गते, मंगलबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयर भर्न पाउने आज अन्तिम दिन रहेको छ । आज बैंकिङ समय पछि कम्पनीको हकप्रदमा आवेदन दिन पाइने छैन । 

कम्पनीले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, माघ २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

कम्पनीको हकप्रदमा चैत्र २१ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । 

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, शिखर इन्स्योरेन्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरबाट पनि हकप्रद भर्न सकिन्छ । 

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।