Like us!
Follow us!

आज यी प्रदेशमा वर्षाकाे सम्भावना

आज यी प्रदेशमा वर्षाकाे सम्भावना

लगानी खबर, काठमाडौं - भारतको बिहारदेखि बंगलको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव नेपालमा रहेको छ ।

बिहान पहाडी भू-भागमा आंशिकदेखि  सामान्य बदली छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा छ ।  

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । 

साेमबार प्रदेश १ काे पहाडी भू-भागका थोरै र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।