Like us!
Follow us!

एसियाकै धनी व्यक्ति बने गौतम अडानी

एसियाकै धनी व्यक्ति बने गौतम अडानी

लगानी खबर, काठमाडौं - अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हाँसिल गरेका हुन् । यस अघि मुकेश अम्बानी एसिकै धनी व्यक्ति थिए । 

ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानीको नेटवर्थ १०० बिलियन डलर पुगेको छ । उता अम्बानीको नेटवर्थ भने ९९ बिलियन डलर रहेको छ । फोब्र्सको सूचीमा अडानी यसअघि नै अम्बानीभन्दा अघि रहिसकेका थिए ।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अडानीलाई संसारको धनीमध्ये १०औं नम्बरमा राखेको छ । अब अम्बानीको नम्बर ११ मा पुगेको छ ।

यो वर्षको कमाइमा अडानीले सबैलाई उछिने । उनको नेटवर्थमा यो वर्ष अहिलेसम्म २३.५ बिलियन डलरले बढोत्तरी भयो । अम्बानीको नेटवर्थमा भने ९.०३ बिलियन डलरले बढाेत्तरी आएको छ । शीर्ष १० धनाढ्यको सूचीमा रहेका अन्य सबै व्यक्तिमध्ये अडानीको सम्पत्तिमा यो वर्ष सबैभन्दा बढी वृद्धि भएको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।