लगानी खबर, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले भारत स्थित मेदान्त– द मेडिसिटि अस्पतालमा बिशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंक र मेदान्त– द मेडिसिटि अस्पतालबीच बैंकका कार्ड वाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।
अस्पतालको सेवा शुल्कमा बैंकका ग्राहकले १५५ सम्म छुट पाउने बैंकले जनाएको छ । यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ , लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउनेछन् ।
सिटिजन्स बैंकले कूल १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट तेह्र लाख पचास हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।