लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन ४० अंकले बढेको बजारमा आज भेन गिरावट देखिएको हो । सेयर बजारमा गिरावट आउँदा कारकोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन २ अर्ब २५ करोड बराबरको कारोबार भएको थियो भने यस दिन त्यती रकम बाराबारको कारोबार हुन सकेन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २३.९५ अंकले घटेर २५४४.३० विन्दुमा झरेको छ । नेप्से परिसूचक ०.९३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.६० अंकले घटेर ४७५.४७ विन्दुमा झरेको छ ।

कूल २२८ वटा कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६ सय ८६ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार समूह बढेको छ भने बाँकी १२ ओटै उपसमूह घटेका छन् । बिहीबार सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ ।

आज इमर्जीङ लिमिटेको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९ करोड २३ लाख ८४ हजार २ सय ४८ रूपैयाँको कारोबार भएको हो ।

बिहीबार बिभिन्न तीनकम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन इमर्जीङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । इमर्जीङ नेपाल लिमिटेडको सेयरमूल्य आज १० प्रतिशतले बढेर १ हजार २ सय २४ रुपैयाँ ८० पैसा पुगेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड सेयरमूल्य आज १० प्रतिशतले बढेर १ हजार ३ सय १९ रुपैयाँ ५० पैसा पुगेको छ । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर १ हजार ५५ रुपैयाँ ७० पैसा पुगेको छ ।

यस दिन नारायणी डेभलपमेण्ट बैंक लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । आज बैंकको सेयरमूल्य ४.७९ प्रतिशतले घटेर ४ सय ७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।