Like us!
Follow us!

म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै रकम असुल गर्ने पक्राउ

म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै रकम असुल गर्ने पक्राउ

लगानी खबर, काठमाडौं - म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सप्तरीको महदेवा गाउँपालिका-२ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डललाई ठगी गरेकाे आराेपमा पक्रेकाे सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम असुल गरेको आरोपमा मण्डललाई पक्राउ गरेको हो । मण्डललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे प्रवक्ता काफ्लेले जानकारी दिए । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।