Like us!
Follow us!

लाभांश पारित गर्न आइएमई जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न आइएमई जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २४ औं वार्षिक साधारण सभा २०७९ बैशाख ९ गते लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा बिहान १०:०० सुरु हुनेछ ।

सभामा सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साथै सभाले कम्पनीको चुक्ता पूँजी बृद्धि गरी २ अर्ब ५० करोड पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ । 

त्यसैगरी, लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत्र २५ गते  बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार २४ चैत्रसम्म कायम सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागि हुन पाउनेछन् ।   

यस्तो छ कम्पनीले प्रकशन गरेको सूचना :

6245189fad6c5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।