Like us!
Follow us!

नेप्सेमा तीन कम्पनीको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

नेप्सेमा तीन कम्पनीको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

लगानी खबर, कठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) विभिन्न तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । आज प्रभु इन्स्योरेन्स लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको हो । 

प्रभु इन्स्योरेन्स लिमिटेडको ११ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७ सय ४३ रूपैयाँ २४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज बुधबारको अन्तिम कारोबार मूल्य ८ सय २५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको १९.६२ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय १६ रूपैयाँ ८६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय ३६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय ९१ रूपैयाँ ३० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज बुधबारको अन्तिम कारोबार मूल्य १ हजार २५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।