Like us!
Follow us!

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँडको साइत जुर्यो

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँडको साइत जुर्यो

लगानी खबर, काठमाडौं - ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते, मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँडको मिति तय भएको छ । आईपीओ यही चैत्र २० गते, आइतबार बाँडफाँड हुने भएको हो । आईपीओ बाँडफाँडको समय र स्थान भने हालसम्म तोकिएको छैन । 

उक्त साधारण सेयर (आईपीओ) को प्रि(अलटमेन्ट हिजो (चैत्र १५ गते, मंगलबार) निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको कार्यालयमा सम्पन्न भएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।