Like us!
Follow us!

प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कर्पोरेसन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा २०७९ बैशाख ११ दियालो लर्डस पर्सा, वीरगन्जमा दिँउसा १२ः३० बजे सुरु हुनेछ ।

सभामा सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

त्यसैगरी, लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले २४ चैत्र बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार २३ चैत्रसम्म कायम सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

यस्तो छ कम्पनीले प्रकशन गरेको सूचना :

6243df0f65a94.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।