Like us!
Follow us!

यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं आज (चैत्र १६ गते बुधबार) विभिन्न ३ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका आज सम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउने छन् ।

कम्पनीहरुले साधारण सभा प्रयोजनका लागि भोली चैत्र १७ गते बुकक्लोज गर्ने निर्णय गरेकोले आज (चैत्र १६ गते बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चैत्र ८ गते मंगलबार बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको २० औं वार्षिक साधारण सभा चैत्र ३०  गते बुधबार नेपाल पर्यटन वोर्डको सभा कक्ष, भृकुटीमण्डप काठमाडौंमा विहान १०ः३० बजेबाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको चैत्र २ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको छब्बीसौँ वार्षिक साधारण सभा चैत्र ३० गते, बुधबार प्रभु इन्स्योरेन्स लिमिटेड, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौँमा बिहान ११:०० बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको पौष २९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको चैत्र ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको वार्षिक साधारण सभा चैत्र २७ गते, आईतबार बनेपा पार्टी भेन्यू, काभ्रेपलान्चोकमा बिहान ११:०० बजेदेखि सुरु हुनेछ । 

सभाले कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।