Like us!
Follow us!

नेप्सेमा नेष्डो समृद्ध लघुवित्तको आईपीओ सूचिकृत

नेप्सेमा नेष्डो समृद्ध लघुवित्तको आईपीओ सूचिकृत

लगानी खबर, काठमाडौं - आज (चैत्र १३ गते आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम २ सय ६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७ सय ८२ रुपैयाँ ५२ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि (NESDO) सिम्बोल पाएको छ ।

स्टकका अनुसार कम्पनीको २५ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । अब सोमबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।