Like us!
Follow us!

नेप्से अपडेट : चार कम्पनीको सेयरमूल्यमा लाग्यो सकारात्मक सर्किट

नेप्से अपडेट : चार कम्पनीको सेयरमूल्यमा लाग्यो सकारात्मक सर्किट

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जीङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किटल लागेको हो । 

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज १० प्रतिशतले बढेर ३ हजार ३ सय रुपैयाँ पुगेको छ । इमर्जीङ नेपाल लिमिटेडको सेयरमूल्य आइतबार ९.९९ प्रतिशतले बढेर ८ सय ३६ रुपैयाँ ७० पैसा पुगेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ९ सय एक रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य ९.८२प्रतिशतले बढेर ६ सय ५९ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यसैगरी यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक  ६.२५ प्रतिशतले बढेर २६१९.९२ विन्दुमा पुगेको छ । त्यस्तै २११ कम्पनीको १ अर्ब ६७ करोड ५६ लाख ४० हरुजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

6240043803da4.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।