लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजार दाहोरो अंकले घटेको छ । बजार दोहोरो अंकले घट्दा तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको छ । नेप्से ०.६३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.१७ अंकले घटेर ४८८.९४ विन्दुमा झरेको छ ।
कूल २२४ वटा कम्पनीको ५२ लाख ९८ हजार ५ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८ सय २५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम बढेको छ । अघिल्लो दिन (बुधबार) २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १ सय ७८ रूपैयाँको कारोबार भएको थियो ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज नन् लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेस समूह बढेको छ भने बाकी ११ ओटा उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै डेभलपमेन्ट बैंक र फाइनान्स समूह घटेको छ । आज यी समूहहरुको १.९८ प्रतिशतले घटेका छन् ।
बिहीबार जीवन विकास लघुव्रित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज कम्नीको ३० करोड ६३ लाख ९७ हजार ६ सय २४ रूपैयाँको कारोबार भएको हो ।
आज विभिन्न तीन ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन युनाईटेड इदी–मार्दी आरबि हाइड्रोपावर लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जीङ नेपाल लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । युनाईटेड इदी–मार्दी आरबि हाइड्रोपावर लिमिटेड सेयरमूल्य आज ९.९३ प्रतिशतले बढेर ९ सय ९६ रुपैयाँ पुगेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज १० प्रतिशतले बढेर ८ सय १९ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै इमर्जीङ नेपाल लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ७ सय ६० रुपैयाँ ७० पैसा पुगेको छ ।
यस दिन नेपाल फाइनान्स लिमिटेडको सेयरको मूल्य सर्वाधिक घटेको छ । आज फाइनान्सको सेयरमूल्य ४.६७ प्रतिशतले घटेर ६ सय ३३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।