Like us!
Follow us!

नेपाल फाईनान्सले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

नेपाल फाईनान्सले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - नेपाल फाइनान्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो (चैत्र ९ गते बुधबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको २९ औं वार्षिक साधारण सभा बैशाख २९  गते शनिबार होटेल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा विहान १०:०० बजेबाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने समग्र वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन सहितको आ.ब.०७७/७८ को वासलात, २०७७/०४/०१ देखि २०७८/०३/३१ सम्मको नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण (संलग्न अनुसूचीहरु सहित) को छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व. ०७८/७९ को लेखापरिक्षण गर्न लेखापरिक्षण समितिको सिफारिस अनुसार लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गरिने छ । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छैन । त्यसैले लगानीकर्ताको हात खाली हुनेभएको छ । 

त्यस्तै, संस्थाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (Merger) तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा संस्थाको चल-अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्कन (Due Diligence Audit-DDA) गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संस्था गाभ्नेरगाभिने तथा एक्विजिशन गर्ने समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्ने, हस्ताक्षर गर्ने, अन्तिम सम्झौता तयार पार्ने, हस्ताक्षर गर्ने लगाएतका गाभ्नेरगाभिने तथा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरिने छ ।

संस्थाले साधारण सभा प्रयोजनका लागि चैत्र १७ गते एक बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १६ गते (बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

यस्तो छ कम्पनीले प्रकाशन गरेको सूचना :

623c01d66edba.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।