Like us!
Follow us!

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौँ - सुनकाे मूल्यले आज फेरि उकालाे यात्रा तय गरेकाे छ ।

हिजाे (बिहिबार) ताेलामा ९ सय रूपैयाँले घटेर  प्रतितोला ९६ हजार ६ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (शुक्रबार) फेरि तोलामा ४ सय रुपैयाँले बढेर प्रतिताेला ९७ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ । 

 

5f644760972c2.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।