Like us!
Follow us!

सेञ्चुरी कमर्सियल बैंकद्वारा सञ्चालित निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

सेञ्चुरी कमर्सियल बैंकद्वारा सञ्चालित निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

लगानी खबर, काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको पेप्सीकोला शाखाले सञ्चालन गरेको एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । दन्त शिविर हिजो (चैत्र ७ गते सोमबार) सम्पन्न भएको हो । 

सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गरेका छन् । उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।