Like us!
Follow us!

नेपाल बैंकले डाक्याे विशेष साधारण सभा, बुकक्लोज कहिले ?

नेपाल बैंकले डाक्याे विशेष साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - नेपाल बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । बैंककाे भाद्र २५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असोज १९ गते साेमबार बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजेदेखि जुमको माध्यमबाट सञ्चालन हुनेछ ।

विशेष साधारण सभामा बैंकले नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने सञ्चालकको संख्या ४ बाट घटाएर ३ बनाउने प्रस्ताव पारित गर्नेछ । बैंकको प्रबन्धपत्र र नियमावलीलाई समयानुकूल अद्यावधिक गर्नुपर्ने भएकाले प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशाेधन/थपघट गर्ने एजेन्डा पनि रहेकाे छ ।

त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त असाेज ८ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । तसर्थ असाेज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f64423d59c95.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।