Like us!
Follow us!

नेपाल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

नेपाल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

लगानी खबर, काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको हिजो (चैत्र ७ गते सोमबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ११ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद गरि कूल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

उक्त लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

623950fe49185.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।